नियम १५
वार्ताबाट परियोजना कार्यान्वयन गर्न सकिने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै
कुरा लेखिएको भए तापनि ऐनको दफा १६ को अवस्थामा बोर्डले कुनै लगानीकर्तासँग
सोझै वार्ता गरी परियोजनामा लगानी गर्ने अनुमति दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम वार्ताबाट परियोजना कार्यान्वयन गर्न चाहने व्यक्तिले
नियम ११ को उपनियम (१) बमोजिमको विवरण खुलाई बोर्ड समक्ष नियम १७ को
उपनियम (१) बमोजिम निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको निवेदनसँग सम्बन्धित विवरण अध्ययन
गर्दा प्रस्तावित परियोजनाको सम्भाव्यता र प्रस्तावकको परियोजना कार्यान्वयन गर्न सक्ने
आर्थिक तथा प्राविधिक क्षमता देखिएमा बोर्डले त्यस्तो प्रस्तावकलाई वार्ताको लागि
आमन्त्रण गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम वार्ता गर्दा प्रस्तावकबाट परियोजना कार्यान्वयन हुन
सक्ने मनासिव आधार देखिएमा कार्यालयले सम्बन्धित लगानीकर्तासँग परियोजना
कार्यान्वयनका विभिन्न पक्षहरू उपर वार्ता गर्नेछ ।
(५) उपनियम (४) बमोजिम वार्ता गर्दा सफलतापूर्वक वार्ता सम्पन्न भएमा
कार्यालयको सिफारिसमा बोर्डले त्यस्तो प्रस्तावकलाई परियोजना कार्यान्वयनका लागि
लगानी गर्ने अनुमति दिनेछ ।